इनरूवा नगरपालिका–८ का ३६ वर्षीय रामचन्द्र मेहता र २४ वर्षीय विजय मेहताले प्रहरीले नियन्त्रणमा लिएर यातना दिएको आरोप लगाउनु भएको छ ।
वैशाख १ गते इनरूवा नगरपालिका–८ डुम्राहामा राहत वितरणमा अवरोध गरेको आरोपमा प्रहरीले १२ घण्टा नियन्त्रणमा लिएर यातना दिएको रामचन्द्र मेहताले बताउनुभयो ।
राहत वितरणका क्रममा रामचन्द्र र विजयले इनरूवा नगरपालिका–८ का वडाध्यक्ष रवीन्द्र मण्डललाई हातपात गरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले बताउनुभयो ।
पीडितद्वयले सबैलाई राहत वितरण नगरिएको र सो विषयमा वडाध्यक्षसँग सोधपुछ गर्दा जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएर मुक्का,बुटले कुटपिट गरेको पीडित विजय मेहताले बताउनुभयो ।
प्रहरीको कुटपिटबाट टाउको र शरीरमा चोट लागेकाद्वयको वैशाख १ गते जिल्ला अस्पताल इनरूवामा उपचार भएको छ ।