INSEC Online

📅 २०८३ जेष्ठ २१

वडाध्यक्ष न्यौपानेमाथि कुटपिट

पचालझरना गाउँपालिका–१ का वडाध्यक्ष ५२ वर्षीय रत्नलाल न्यौपानेमाथि वैशाख १७ गते कुटपिट भएको छ ।

 
उपभोक्ता समितिको विषयलाई लिएर वडाध्यक्ष न्यौपानेलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएको आरोपमा सोही वडाका कांगे्रस तरुणदलका सदस्य २० वर्षीय पारस न्यौपाने, २२ वर्षीय उमेश न्यौपाने, २१ वर्षीय तिलक न्यौपाने, १९ वर्षीय कल न्यौपाने र २३ वर्षीय कमल न्यौपानेलाई इलाका प्रहरी कार्यालय पचालझरना जारकोटले गिरफ्तार गरेको छ ।

 
घाइतेको टाउकोमा गम्भिर चोट लागेकाले उपचारको लागि वैशाख १७ गते राति नै कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको कालिकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्याम ओलियाले बताउनु भयो ।

अन्य

भिडियो