७ वर्षीया छोरीको हत्याको आरोपमा पर्सा प्रहरीले वीरगंज मनपा–१ का २९ वर्षीय सञ्जयकुमार सर्राफलाई वैशाख ४ गते गिरफ्तार गरि वैशाख ७ गते सार्वजनीक गरेको छ ।
सर्राफले ७ वर्षीय छोरी अंशुकुमारी सर्राफलाई घाँटी थिचेर मारेको अनुसन्धानबाट खुलेपछि उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्तले जानकारी दिनु भयो ।
निज सर्राफकी छोरी कोठामा रहेको भित्ताको किल्लामा सलको पासो लगाई भुण्डिएको अवस्थमा फेला परेकी थिइन् । अस्पताल लाग्दा लाग्दै बालिकाको मृत्यु भएको सर्राफले प्रहरीलाई बताएका थिए ।
घटनाको प्रकृति हेरेर शङ्का लागेपछि थप अनुसन्धान गरिरहेको पर्सा प्रहरीको टोलीले सो घटना आत्महत्या नभई हत्या भएको पुष्टि गरेको छ ।