बैजनाथ गाउँपालिका–२ पहाडीपुरकी ३४ वर्षीया पत्नी दिलमाया मगरको हत्या गरेको आरोपमा प्रहरीले पति ३९ वर्षीय पहलमानसिह मगरलाई वैशाख २ गते गिरफ्तार गरेको छ ।
मदिरा सेवन गरेका आरोपितले घरयासी झगडामा चैत ३० गते लाठीले कुटपिट गर्नुको साथै धकेल्दा भित्तामा टाउको ठोक्किएको थियो । घाइतेलाई ढिलो गरी तीन पछि उपचारका लागि कोहलपुर मेडिकल कलेजमा ल्याउदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका सई रणधीर जैसीले बताउनु भयो ।
आरोपितलाई इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
शवको पोष्टमार्टम वैशाख २ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको प्रहरीले जनायो ।