INSEC Online

📅 २०८३ जेष्ठ २१

लकडाउन उल्लङ्घन गरेकाे आरोपमा सशस्त्र प्रहरीद्धारा घरभित्रै छिरेर कुटपिट

सिद्धलेक गाउँपालिका–५ बुङचुङमा ५ जना मजदुरलाई लकडाउन उल्लङ्घन गरेको आरोपमा घरभित्र पसेर ०७६ चैत १९ गते सशस्त्र प्रहरीले कुटपिट गरेको बताइएको छ ।

सशस्त्र प्रहरीको कुटपिटबाट सिद्धलेक गाँउपालिका–५ का ४० वर्षीय जीतबहादुर घले, ३५ वर्षीय अशोक श्रेष्ठ, ३३ वर्षीय कमल सिलवाल, ३४ वर्षीय राजु उपाध्याय, ३२ वर्षीय अरुण थपलिया, ३५ वर्षीय अशोक श्रेष्ठ घाइते भएको पीडित कमल सिलवालले जानकारी दिनुभयो ।

निर्माण व्यवसायिले कामदारलाई घर फर्काउने सम्बन्धमा छलफल गरिरहेको बेला ससस्त्र प्रहरी घरभित्र छिरेर कुटपिट गरेको कमल कन्ट्रक्सन प्रालीका प्रमुख केशव सिलवालले बताउनु भयो ।

आफ्ना कामदारहरूलाई घर फर्काउने बिषयमा निर्माण व्यवसायी अशोक श्रेष्ठको घरमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउने भन्ने बिषयमा छलफल गर्दै गर्दा एक्कासी सशस्त्र प्रहरी धादिङका असइ हरिबहादुर केसीको नेतृत्वमा आएको टोलीले  घरभित्रै छिरेर निर्घात कुटपिट गरेको सिलवालको भनाइ छ । आफुसँग लकडाउन अगाडी निर्माण व्यवसायमा काम गर्ने १०÷१५ जना कामदार रहेको र हाल १० जना आफ्नै घरमा बसीरहेको श्रेष्ठले बताउनु भयो ।

सशस्त्र प्रहरीको कुटाईपछि घाईतेहरूको भने स्थानीय मेकिलमा उपचार गरिएको छ । आँखामा चोट लागेका जीतबहादुरलाई उपचारका लागि काठमाण्डौ त्रिपुेश्वर आँखा अस्पताल लगिएको छ । सशस्त्र प्रहरी बल धादिङका प्रमुख डिएस्पी धिरेन्द्रराज न्यौपानेले भने यस बिषयमा सशस्त्र प्रहरीले सम्झाई बुझाई मात्र गरेको र कुटपिट नगरेको बताउनु भयो ।

अन्य

भिडियो