INSEC Online

📅 २०८३ जेष्ठ २२

नेपाली सेनाद्वारा निर्मित पीपीइ जिल्ला अस्पताललाई हस्तान्तरण

कोरोना भाइरस(कोभिड १९) सङ्क्रमित एवम् सङ्क्रमण आशङ्का गरिएका बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने पीपीइ (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) व्यक्तिगत सुरक्षा उपकरण नेपाली सेनाले निर्माण गरी जिल्ला अस्पताललाई उपलब्ध गराएको छ ।

नेपाली सेनाको बरख गण सल्लेरी ब्यारेकका सेनाहरुले स्थानीय स्रोत साधन एवम् घरेलु सामग्रीहरू प्रयोग गरेर पीपीइ तयार गरेका छन् ।

घरेलु सामग्रीको प्रयोग गरेर बनाइएको १० थान पीपीइ चैत २० गते जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको गणपति भगवान थापा मगरले बताउनु भयो । उहाँले कोरोना सङ्क्रमणको आशङ्का भएका व्यक्तिहरूको प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मीहरूलाई केही सुरक्षित हुन मद्दत मिलोस भनेर पीपीइ तयार गरिएको बताउनुभयो ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिहरू सङ्क्रमित नभए पनि उनीहरूको आसपासमा रहनेहरूलाई सुरक्षित महसुश गराउन पीपीइ बनाइएको बरख गणले जनाएको छ ।

“शत प्रतिशत प्रमाणित होइन,तर सुरक्षित महसुस दिलाँउछ र केही प्रतिशत भएपनि जोखिम कम हुन्छ । किटाणु भएसिधै सम्पर्कमा आउदैन’, थापाले भन्नुभयो ।

पीपीइ एक पटक मात्र प्रयोग गर्न मिल्छ । एक पटक प्रयोग गरिसके पछि तत्काल नष्ट गरिहाल्नु पर्ने थापाको भनाइ छ।

अन्य

भिडियो