INSEC Online

📅 २०८३ जेष्ठ २२

अस्पतालले भर्ना नलिँदा बिरामीको मृत्यु भएको पीडित परिवारको आरोप

नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्न व्यवस्था गरेको छ । संविधानको भाग ३ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था भएपनि समयमा उपचार नपाउँदा धनकुटा नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मृत्यु भएको छ ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण विराटनगरका अस्पतालले भर्ना लिन नमानेपछि आमाको चैत १८ गते मृत्यु भएको छोरी लक्ष्मी गुरुङले बताउनुभयो ।

उच्च रक्तचापका कारण बेहोस हुनुभएकी नरदेवीलाई परिवारका सदस्यले सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेका थिए । बीपीले आईसीयू खाली नभएको भन्दै विरानगरको न्युरो अस्पताल रेफर गरेको छोरी लक्ष्मीले बताउनुभयो ।

१०२ डिग्री ज्वरो आएका कारण अस्पतालले भर्ना नलिएको पीडित परिवारको भनाइ छ । छोरी लक्ष्मी गुरुङले न्युरोमा पनि चिकित्सकले उपचार गर्न नमानेपछि आमालाई विराट नर्सिङ होम लगिएको थियो ।

ज्वरो धेरै रहेको भन्दै कोरोनाको आशंकामा चिकित्सकले उपचार गर्न नमानेको लक्ष्मीको भनाइ छ । उहाँका अनुसार नोबेल पुर्याएपछि उपचारका मृत्यु भएको हो । ‘नोबेलका चिकित्सकले डेढ घण्टा जति छिटो ल्याइपुर्याएको भए उपचार सम्भव थियो । तर ढिलो भएकाले बचाउन सकिएन भन्ने जवाफ दिए,’ लक्ष्मीले भन्नुभयो ‘अरु अस्पताल कुदाउँदा कुदाउँदै ढिलो भयो । नरदेवीका दाजु समेत रहेका धनकुटा ५ का  वडाध्यक्ष शिवकुमार गुरुङले सर्वसाधारणको उपचार अस्वीकार गर्ने अस्पतालको गैरजिम्मेवारीपना र गम्भीर लापरबाहीका कारण बहिनी गुमाउनु परेको गुनासो गर्नुभयो ।

विराट नर्सिङका प्रशासन प्रमुख पदम विनाडीले अस्पतालमा कोरोनाको कुनै सुरक्षात्मक उपाय नभएका कारण बिरामीको उपचार गर्न अस्पतालले अस्वीकार गरेको हुन सक्ने बताउनुभयो ।

अन्य

भिडियो