INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रदेश १ मा कोरोना विरूद्ध तयारी तीव्र,एक हजार थान पीपीइ स्वास्थ्यकर्मीलाई

नेपाल सरकारले प्रदेश १ सरकारलाई चैत १७ गते स्वास्थ्य सामाग्री पठाएको छ ।

नेपाली सेनाको स्काई ट्रक मार्फत व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नेपाल सरकारले पठाएको हो ।

व्यक्तिगत सुरक्षा उपकरण प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ग्रहण गर्नुभएको छ ।

सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश १ का १ सय ३७ वटै स्थानीय तहमा पीपीई पठाईने मन्त्री घिमिरेले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले सेनिटाइजर, मास्क लगायतका सामाग्री समेत पठाएको छ ।

सामाजिक विकास मन्त्री घिमिरले मोरङ जिल्लालाई ३४, सुनसरीलाई २४, धनकुटालाई १४, तेह्रथुमलाई १२, संखुवासभालाई २०, भोजपुरलाई १८, सोलुखुम्वुलाई १६, उदयपुरलाई १६, खोटाङलाई २०, झापालाई ३०, पाँचथरलाई १६, ताप्लेजुङलाई १८, इलामलाई २०, ओखलढुङ्गालाई २० वटाका दरले स्वास्थ्य कार्यालय मार्फत वितरण गरिने बताउनुभयो ।

स्वास्थ्यकर्मीहरूको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेकाले स्वास्थ्यकर्मीका लागि चाहिने स्वास्थ्य सुरक्षाका सबै उपकरणहरू सरकारले प्रवन्ध गर्ने मन्त्री घिमिरेले बताउनुभयो ।

स्वास्थ्य उपकरण चैत १६ गते चीनको गोञ्जाओबाट नेपाल ल्याइएको थियो ।

अन्य

भिडियो