INSEC Online

📅 २०८३ जेष्ठ २२

आँफै चिकित्सकीय सामग्री बनाउँदै स्वास्थ्यकर्मी

कोशी अस्पताल विराटनगरका स्वास्थ्यकर्मीहरूले आँफै चिकित्सकीय सामग्री बनाउन थालेका छन् ।

चिकित्सकीय सामानको अभाव हुँदा कोरोनाका शंकास्पद बिरामीको स्वास्थ्य परीक्षणमा समस्या भएपछि आँफै चिकित्सकीय सामग्री बनाउँन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) नहुँदा रेनकोट लगाएर काम गर्दै आएको गुनासो कोशी अस्पतालमा कार्यरत चिकित्सकहरूले गरेका हुन् ।

एउटै गम्बुट (जुत्ता) पालैपालो लगाउनुपर्ने अवस्था छ । अस्पतालले इमरजेन्सीमा खटिने स्वास्थ्यकर्मीका लागि पीपीईका नाममा रेनकोट, गम्बुट, मास्क, टाउकोमा लगाउने टोपी तथा अनुहार छोप्नका लागि प्लाष्टिक दिएको छ  । पीपीई नपाएपछि स्वास्थ्यकर्मीहरुले काम गर्न असहज भएकोमा भन्दै सामग्रीको व्यवस्था गरीदिन सरकारसँग माग गरेका छन् ।

सरकारबाट आवश्यक सामाग्री प्राप्त नभएपछि आफैं पीपीई निर्माणमा जुटेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट सङ्गीता मिश्राले बताउनुभयो । बिरामी पुगेमा सोधपुछपछि कोरोनाको आशंका भएकालाई भर्ना गर्ने वा बाहिर रेफर गर्ने गरिएको छ  ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनु भयो । स्वास्थ्यकर्मीका लागि पनि आवश्यक सामाग्रीको व्यवस्था गरिने मुख्यमन्त्री राईले बताउनुभयो । कोरोनाविरुद्ध प्रदेश सरकारले सबै निकायसँगको समन्वय र सहकार्यमा चौबीसै घण्टा काम गरिरहेको उहाँले बताउनुभयो ।

अन्य

भिडियो