१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ जिल्ला लमही नपा– २ घर भई शिवराज नपा– १ सुरही बस्ने २२ वर्षीय राजु परियारलाई चैत १२ गते गिरफ्तार गरेको छ ।
पीडित चैत ८ गते बाख्रा चराउन गएको बेला आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ८ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएको इन्स्पेक्टर दिपेश खरेलले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ८ गते बहादुरगञ्ज अस्पतालमा गरिएको प्रहरीले जनायो ।