INSEC Online

📅 २०८३ जेष्ठ २१

सञ्चारकर्मी माथि लाठीचार्ज, तीन घण्टा प्रहरी नियन्त्रणमा

न्यूज २४ का क्यमरापर्सन जाकिर हुसेनलाई चैत १२ गते प्रहरीले वीरगंजको रानीघाटमा कुटपीट गर्नुका साथै तीन घण्टा नियन्त्रणमा लिइ छोडेको छ ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणलाई नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनको बारे रिर्पो्टिङ्ग गर्न साँझ हुसैन रानीघाट पुग्नु हुँदा उहाँमाथि प्रहरीले आक्रमण गरेको हो । हुसेनलाई प्रहरीले नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय श्रीपुरमा तीन घण्टा राखेको थियो ।

नेपाल पत्रकार महासङ्घ पर्साका जिल्ला अध्यक्ष श्याम बन्जारा लगायत अगुवा पत्रकारहरू वडा प्रहरी कार्यालय श्रीपुरमा पुगेपछि प्रहरीले बिना सर्त हुसैनलाई छाडेको हो ।

दिनभरी लकडाउनले गर्दा रानीघाट लगायतको एरिया सुनसान बनेको थियो । साँझ भएपछि अतिआवश्यक खाद्यान्न वस्तु किनमेल गर्न स्थानीय घरबाट निस्केर रानीघाट चोकमा पुगेका थिए । चोकमा भिडभाड भयो भन्दै प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको लाठीचार्जको भिडियो खिच्दै गर्दा पत्रकार माथिसमेत प्रहरी जाइलागेको थियो ।

पत्रकार भएको परिचय पत्र देखाउँदा समेत केहि सुनवाई नगरी उल्टै कुटपिट गरी दुर्व्यवहार गर्नुका साथै पक्राउ गरेको पीडित पत्रकार हुसैनले बताउनु भयो ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख इन्सपेक्टर  दिपक साहले घटनामा संलग्न प्रहरीलाई कारवाही गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

 

अन्य

भिडियो