१८ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा–३ की १८ वर्षीय मो. अनाबुलविरुद्ध चैत ११ गते उजुरी दर्ता गरेको छ ।
पीडितकी आमाले फागुन २८ गते ईलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनु भएको थियो ।
आरोपितले माघ २० गते ललाईफकाई कोही नबस्ने नवनिर्मित एकान्त घरमा लगी यौन दुर्व्यवहार गरेपछि गुहार माग्दै होहल्ला गरेको पीडितले बताउनु भयो । गुहार मागेको आवाज सुनेर आएका गाउँलेलाई देखेर आरोपित फरार भएको पीडितले बताउनु भयो ।
पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा चैत १ गते स्वास्थ्य परिक्षण भएको थियो । स्वास्थ्य परिक्षणपश्चात थप अनुसन्धान गरेपछि मात्र उजुरी दर्ता गरिएको ईलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले बताउनु भयो ।
आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।