आठ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा तिरहुत गाउँपालिका–१ का ३६ वर्षीय लट्टु भनिने शिवराम खंगलाई प्रहरीले चैत ११ गते गिरफ्तार गरेको छ ।
पीडितकी आमाले चैत ५ गते दिएको उजुरीका आधारमा अनुसन्धान पश्चात उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।
आरोपितले ललाई फकाई गहुँ खेतमा लगी चैत ३ गते यौन दुर्व्यवहार गरेको पीडितले बताउनु भयो ।
प्रतिवाद गर्दा आरोपितको कुटपिटबाट बालिकाको आँखामा चोट लागेर सुन्निएको छ ।
ईलाका प्रहरी कार्यालय कञ्चनरूपले चैत ११ गते उजुरी दर्ता गरेर थप अनुसन्धान गरिरहेको डिएसपी मिश्रले बताउनु भएको छ ।
पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा चैत ५ गते घाउँजाँच उपचार तथा स्वास्थ्य परिक्षण भयो ।