गोदावरी जगरपालिका—४ फुलवस्तीका ४० वर्षीय नरबहादुर विकको चैत ९ गते बम विस्फोटमा परी मृत्यु भएको छ ।
नजिकैको जङ्गलमा भेटिएको पित्तल जस्तो वस्तु आगोमा तताउदा विस्फोट भएर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।
पित्तल जस्तो देखिने वस्तु विकले बिड बनाउनका लागि आरनमा तताउन लाग्दा विस्फोट भएको र घरबाहिर विस्फोट भएकोले थप मानविय क्षती नभएको डिएसपी बस्नेतको भनाइ छ ।
शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल,धनगढीमा ल्याएको प्रहरीले जनायो ।