INSEC Online

📅 २०८३ जेष्ठ २२

यौनदुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१० वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा मिर्चैया नपा–९ का २५ वर्षीय राकेशकुमार चौधरीविरुद्ध पीडित परिवारले ईलाका प्रहरी कार्यालय मिर्चैयामा चैत ६ गते उजुरी दिनु भएको छ ।

आरोपित चौधरीले चैत ५ गते बालिकालाई यौनदुर्व्यवहार गरेको पीडित परिवारको आरोप छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत ६ गते भएको प्रहरीले जनाएको छ ।

आरोपित फरार रहेकोले खोज तलास भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भएको छ ।

 

अन्य

भिडियो