नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्ला सचिवालय सदस्य तुलसीपुर उपमनपा–९ का ४६ वर्षीय इश्वरी पाण्डे पार्टी परित्याग पछि चैत ३ गते रिहा भएका छन् ।
शान्ति सुरक्षा खलल पार्ने काममा सङ्लग्न रहेको आरोपमा प्रहरीले ०७६ पुस २८ गते गिरफ्तार गरी सार्वजनिक अपराध कसुरमा माघ ९ गते जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले माघ १० गते २५ हजार रूपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएकोमा पुनः गिरफ्तार हुने अवस्था आएको भन्दै धरौटी नबुझाए पछि कारागार पठाइएको थियो । पाण्डेले विज्ञप्ती मार्फत उक्त पार्टी परित्यागको घोषणा गरे पछि २५ हजार रूपियाँ धरौटी बुझाए पश्चात रिहा भएका हुन् ।