INSEC Online

📅 २०८३ जेष्ठ २१

डोजर लगाएर घर भत्काइएको वस्तीमा मानवअधिकारकर्मीद्वारा अनुगमन

२० वर्षदेखि जनकपुरधाम उमनपा–४ विश्वकर्मा चौक बस्ने चन्द्रा देवीको घरमा चैत १ गते दिउँसो डोजर लगाएर घर भत्काइएको घटनाको मानवअधिकारकर्मीहरूको संयुक्त टोलीले अनुगमन गरेको छ ।

photo20200316 (2)

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का मानव अधिकार अधिकृत मनमाया थापा मगर, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) प्रदेश २ का संयोजक राजु पासवान, इन्सेक धनुषा जिल्ला प्रतिनिधी दिपेन्द्रप्रसाद सिंह, महिला मानव अधिकार रक्षक संजाल धनुषाका अध्यक्ष शिला झा लगायतको टोलीले घटना स्थलको अनुगमन गर्दै पीडित परिवार र सरोकारवालासँग जानकारी लिएका छन् ।

विश्वकर्मा चोकस्थित ८ कठ्ठा ३ धुरमा २५ वर्षपहिले खाली जग्गाको बिचमा काली मन्दिरको स्थापना गरिएको थियो । मन्दिरका पुजारी ८२ वर्षीय जोगेन्द्रलाल कर्ण भनिने योगेन्द्र दासका अनुसार २० वर्ष पहिले गुठि संस्थान जनकपुर कार्यालयमा कार्यालय सहयोगी रहेको राजेन्द्र ठाकुरले आफुलाई यस खाली जग्गामा बस्न लगाएको बताउनु भएको छ । उहाँले भन्नु भयो–“हामीले उहाँलाई केही रकम पनि तिरेका थियौँ, पछि जिल्ला अदालत धनुषाका कर्मचारी रहेका धिरेन्द्र बहादुर दाहालले यस जग्गामा जिल्ला मालपोत कार्यालय धनुषामाफर्त आफ्नो नाममा मोहियानी कायम गराउनु भयो ।”

photo20200316 (3)

गुठि संस्थानका कार्यालय सहयोगी राजेन्द्र ठाकुरले बसाएको वस्तीको जग्गामा अदालतका कर्मचारी धिरेन्द्रबहादुर दाहालले आफ्नो नाममा मोहियानी कायम गराएर जनकपुरधाम उमनपा–१२ बस्ने जग्गाको कारोवार गर्ने रामदुलार साहलाई बिक्री गरेपछि साहले आफुहरुको घरमा डोजर लगाउन आउने गरेको उहाँले बताउनु भयो ।

जिल्ला अदालतले ०७५ भदौ २२ गते वस्ती हटाउन आदेश जारी गरेकाले साह वस्तीमा आएर पटक पटक आफुहरुलाई वस्ती खाली गर्न दवाव दिँदै आएको स्थानीय रामकुमारी महतोले बताउनु भयो । उहाँले वस्तीमा आफुहरु वर्षौदेखि बस्दै आएकाले हामी गरिब, बिपन्नहरुको घर टहरा नहटाइ दिन पहल गरि दिनका लागि मानव अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी लगायत सम्पूर्ण जनमानसमा अपिल गर्नु भएको छ ।

photo20200316 (1)

यता, पीडित चन्दा देवी भन्नुहुन्छ-आफूहरु गुठी संस्थानका ठाकुर भन्ने कर्मचारीलाई रकम बुझाएर करीब २० वर्षदेखि बसोबास गर्दै आएका छौँ, कसैले रोकटोक गरेन तर केही वर्षदेखि रामदुलार साह भन्ने व्यक्तिले यो जग्गा आफ्नो हो भन्ने दाबी गर्दै थप रकम माग गर्दा नदिएपछि घरमा डोजर लगाएर खाली गराएको आरोप लगाएका छन् ।

photo20200316 (4)

अन्य

भिडियो