INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा भरतपुर महानगरपालिका–२१ पहारीलोटार बस्ने २१ वर्षीय रवि सुनारलाई जिल्ला प्रहरी कार्यालय चितवनले गिरफ्तार गरेको छ ।

आरोपितलाई चैत ३ गते भरतपुर महानगरपालिका–२१ बाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । आरोपितले चैत १ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले चैत ३ गते प्रहरीमा उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण चैत ३ गते भरतपुर अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताउनु भयो ।

अन्य

भिडियो