२० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले वुद्धशान्ति गाँउपालिका–४ का २४ वर्षीय सन्दीप भनिने विजय बस्नेतलाई फागुन २८ गते सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश इन्दिरा शर्माको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको हो ।
आरोपितले ०७५ चैत २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध चैत ६ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले उजुरी लगत्तै गिरफ्तार गरी चैत २९ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो । जिल्ला अदालतको ०७६ वैशाख ३ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ६ गते गरिएको थियो ।