१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१ का ३० वर्षीय अर्जुन बिकलाई फागुन ३० गते गिरफ्तार गरेको छ ।
पीडितलाई फागुन २७ गते आरोपितले मादक पदार्थ सेवन गरेर बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन २९ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर झलकप्रसाद शर्माले जानकारी बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २९ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।