पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कल्याणपुर नपा–४ का ५७ वर्षीय अशेश्वर महरालाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले फागुन २८ गते गिरफ्तार गरेको छ ।
पीडित परिवारका अनुसार आरोपितले बालिकालाई फागुन २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय मिर्चैयामा फागुन २८ गते उजुरी दिएको बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरेको बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन २८ गते भएको थियो ।