INSEC Online

📅 २०८३ जेष्ठ २१

आर्थिक अभावमा उपचार हुन नसक्दा दुई वर्षदेखि साङ्लोमा बाधिएर बस्न बाध्य

गुल्मीको छिमेकी जिल्ला बाग्लुङको बडिगाड गाउँपालिका–२ जिमी बेसीका ३२ वर्षीय रेशम राना आर्थिक अभावले उपचार गराउन नसकेपछि दुई वर्षदेखि साङ्लो बाँधिएर बस्न बाध्य छन्  ।

रानालाई मानसिक रोग लागेपछि परिवारले दाम्लोले बाँधेर राख्दै आएका छन् । उनी १५ वर्षदेखि मानसिक रोगबाट पीडित छन् । फलामको ठुलो साङ्गलोमा  दुई बर्षदेखि खुट्टा बाँधेर राखिएको छ । साङ्गलोले रगडिएको देख्दा जीवन पशुको भन्दा फरक छैन् । मानसिक रोगका कारण उनले गर्ने अस्वभाविक क्रियाकलाप रोक्न परिवारले साङ्गलोमा बाँध्दै आएका छन् ।

रेशमले अहिले परिवारका  सदस्य समेत  चिन्दैनन् । साङ्गलोमा नराखे घरमा राखिएका सामान फाल्ने, नष्ट गर्ने, भागेर महिना दिनसम्म घरमा नआउने तथा मानिसलाई देखे झम्टिने जस्ता अस्वभाविक क्रियाकलाप गर्ने भएकाले बाँधेर राख्ने गरेको बुबा रेशबहादुर रानाले बताउनु भयो । उनका अनुसार रातको समयमा समेत बाहिरै बोराले बारिएको छुट्टै स्थानमा सुताउने गरिएको छ । ‘घरकालाई बानी प¥यो तर पाहुनाले आउँदा साह्रै गाह्रो हुन्छ, रातभर चिच्याएर सुत्न सकिदैन् ।’ उहाँले भन्नु भयो ।

रेशम १२ वर्षको  उमेरमा काम गर्न भारत पुगेका थिए ।  केही वर्ष काम गररे घर परिवार पनि हेर्ने गर्थे ।  घर आउन हिडेका रेशमले अचानक रेलको झ्यालबाट हाम फाले । अचेत अवस्थामा परिवारले घर ल्याएका रेशमलाई सम्पत्ति सबै बिक्री गरेर टिचिङ अस्पताल लगायतका अन्य अस्पतालमा उपचार गराए पनि ठिक नभएको  स्थानीय होसियारसिहं थापाले बताउनु भयो । थापाले घरको आर्थिक अवस्था कमजोर भएका कारण अहिले कुनै उपचार नभएको बताउनु भयो ।

 

अन्य

भिडियो