INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा वारपाक सुलिकोट गाउँपालिका–५ जफतीगाउँका ७७ वर्षीय देवी बहादुर भट्टलाई जिल्ला प्रहरी कार्यालय गोरखाले फागुन २८ गते  गिरफ्तार गरेको छ  ।

विद्यालयबाट घर फर्कदै गरेकी बालिकालाई फागुन १८ गते बलात्कार प्रयास गरेको  भन्दै पीडितका आफन्तले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएका थिए ।

बालिकाले परिवारलार्ई घटनाको बारेमा बताउँन ढिला गरेकोले उजुरी ढिला प्राप्त भएको प्रहरीले जनाएको छ ।

गिरफ्तार गरिएका भट्टलाई जबरजस्ती करणी उद्योग शिर्षक अन्तरगत मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर प्रकाश भुसालले बताउनुभयो ।

उहाँले पीडित बालिकाको स्वास्थ्य परीक्षण गोरखा अस्पतालमा फागुन २८ गते गरिएको बताउनुभएको छ ।

 

 

 

अन्य

भिडियो