२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भरतपुर महानगरपालिका–३ कमलनगरका ३२ वर्षीय गजेन्द्र पटवालाई जिल्ला प्रहरी कार्यालय चितवनले फागुन २८ गते गिरफ्तार गरेको छ ।
आरोपितद्वारा सञ्चालित भरतपुर महानगरपालिका–३ को श्रृङ्गार पसलमा ०७६ माघ १६ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २७ गते भरतपुर अस्पतालमा गरिएको डिएसपी कोइरालाले बताउनु भयो ।