शारीरिक अपाङ्गता भएकी २१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सूर्यगढी गाउपालिका–२ का ६३ वर्षीय सम्मरबहादुर लामिछानेलाई प्रहरीले फागुन २८ गते गिरफ्तार गरेको छ ।
आरोपितले फागुन १६ गते साँझपख घरतर्फ आइरहेको बेलामा बाटोमा बलात्कार प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पीडितले फागुन २२ गते उजुरी दिनुभएको थियो । पीडितको उजुरीपछि आरोपितलाई फागुन २८ गते उनकै घरबाट गिरफ्तार गरिएको थियो । जिल्ला अदालतबाट फागुन २९ गते अनुसन्धानको लागि एक साताको म्याद थप भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु फुँयालले जानकारी दिनुभयो ।
बलात्कार प्रयासमात्र भएको, घटनाको सात दिनपछि प्रहरी कहाँ आएको र पीडितले शरिरमा कुनै चोटपटक नलागेको भनेकोले स्वास्थ्य परीक्षण नगराइएको प्रहरी निरीक्षक फुँयालले बताउनु भयो ।