INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा दोलखा जिल्ला घर भइ ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने ४५ वर्षीय बाबुलाई ०७६ फागुन २५ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले विगत २ वर्षदेखि पटक–पटक बलात्कार गर्दै आएकोमा ०७६ फागुन २३ गते पनि बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितलाई सुरुमा ललाईफकाई बलात्कार गरेका आरोपितले पछिल्लो समय डरत्रास देखाउनुका साथै ज्यान मार्ने धम्की दिइ बलात्कार गर्दै आएको पीडितकी आमाले बताउनु भयो ।

आरोपित बिरुद्ध फागुन २४ गते महानगरीय प्रहरी वृत्त, सातदोबाटो, ललितपुरमा उजुरी गरिएको थियो । उजुरीका आधारमा खोजी गर्ने क्रममा फागुन २५ गते आरोपितलाई उनकै डेराबाट गिरफ्तार गरी ललितपुर जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी मित्रबन्धु शर्माले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २५ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो