भारतको गोरखपुरमा अलपत्र अवस्थामा रहेकी १६ वर्षीया बालिकालाई भारतीय प्रहरीको सहयोगमा फागुन २४ गते उद्धार गरिएको छ ।
शान्ति पुनर्स्थापना गृहले कपिलवस्तु नपा–८ दोहनीकी १६ वर्षीया किशोरीलाई उद्धार गरि परिवारको जिम्मा लगाइएको संयोजक भुमीराज भट्टराईले बताउनु भयो ।
फागुन ९ गते शिवरात्रीको मेला हेर्न जान्छु भनेर हिडेकी बालिका सम्पर्क विहिन भएपछि पीडित पक्षले प्रहरी फागुन १० गते उजुरी दिएका थिए । बालिका खुनुवा नाका हुदैं भारत प्रवेश गरेको सुचनाको आधारमा भारतीय प्रहरीसँग समन्वय गरी किशोरीलाई गोरखपुरबाट उद्धार गरिएको हो ।
बालिकालाई कसले लिएर गएको भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी सुनिल मल्लले बताउनु भयो ।