मानसिक स्वास्थ्य समस्या भएकी ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कानेपोखरी गाउँपालिका–७ का ३१ वर्षीय रामु गुरुङलाई फागुन २३ गते गिरफ्तार गरेको छ ।
आरोपितले ०६९ कात्तिक १७ गते महिलालाई बलात्कार गरेको आरोपमा स्थानीयले आरोपित विरूद्ध कात्तिक १८ गते इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएका थिए ।
उजुरी लगत्तै फरार भएका आरोपित विरूद्ध प्रहरीले जिल्ला अदालतमा फरार अभियुक्तका रूपमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएकोमा जिल्ला अदालतले कसुर गरेको ठहर गर्दै ०७४ जेठ १ गते बलात्कार घटनामा पाँच वर्ष कैद र मानसिक स्वास्थ्य समस्या भएकी महिलालाई बलात्कार गरेको कसुरमा थप पाँच वर्ष गरी १० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
आरोपित घटनामा भएको दुई वर्षसम्म भारतको पञ्जावमा बसेको र नेपाल आएर घरजम गरी जग्गा व्यापारको कारोबारमा संलग्न रहेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दीलिप गिरीले बताउनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा ०६९ कात्तिक १८ गते गरिएको थियो ।