बालबालिकाले क्रिकेटको व्याट भाँचेको विषयमा विवाद हुदाँ महाराजगञ्ज नपा– १ की ५१ वर्षीया बेदमती देवी गुप्तामाथि फागुन २३ गते सोही ठाँउका ३९ वर्षीय हरी नारायण वरईले एसीड प्रहार गरेका छन् ।
एसिड प्रहारका आरोपितलाई प्रहरीले फागुन २४ गते गिरफ्तार गरेको जनाएको छ । एसीडबाट घाइते भएकी महिलाको जिल्ला अस्पताल तौलीहवामा उपचार हुन नसकेपछि थप उपचारकालागि युनिर्भसल मेडिकल कलेज, भैरहवा भइरहेको छ ।
पीडितको निधार र शरीरमा घाउँ भएको र बोल्न सक्ने अवस्थामा नरहेकोे जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले बताउनु भयो ।
बालबालिकाले खेल्ने क्रममा क्रिकेट व्याट भाँचेको विषयमा विवाद हुदाँ आरोपितले एसिड प्रहार गरेको र आरोपितको पसलबाट पाँच लिटर एसिड बरामद गरिएको जिल्ला प्रहरी कार्यालका डिएसपी सुनिल मल्लले बताउनु भयो ।