गुम्बामा शिक्षा लिन आएका १५ वर्षीय बालकलाई पटक पटक यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अस्ट्रेलियन नागरिक ५८ वर्षीय गोन्दुक रिम्पोछेलाई गिरफ्तार गरि मुद्दा चलाएको छ ।
काठमाण्डौं गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको कदम्बा गुम्बाका सञ्चालक तथा कदम्बा बुद्धिष्ट प्रतिष्ठानका प्रमुख आरोपितलाई फागनु २३ गते काठमाडौँ जिल्ला अदालत म्याद थप थरि मुद्दा चलाएको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेश सिंहले जानकारी दिनुभयो ।
आरोपितलाई महानगरीय प्रहरी वृत्त बौद्धले फागुन २२ गते गिरफ्तार गरि अनुसन्धान सुरु गरेको थियो । संखुवासभाबाट पढाउने आश्वसन दिएर आरोपितले ‘अनुयायी’ तथा चिनजानका व्यक्तिमार्फत् गुम्बामा ल्याएको भन्दै पीडितले फागुन २१ गते प्रहरीलाई लिखित उजुरी दिनुभएपछि २२ गते आरोपितलाई गिरफ्तार गरिएको थियो ।
आरोपितेले पटक पटक मुख मैथुन गराउन लगाएको र फागुन १८ गते पनि त्यसैगरि जबरजस्ती यौन शोषण गरेको भन्दै उजुरी दर्ता गराउनु भएको थियो । पीडित र आरोपित दुबैको स्वास्थ्य परीक्षण फागुन २२ गते वीर अस्पतालमा गरिएको डिएसपी सिंहले जानकारी दिनुभयो ।