टेम्केमैयुम गाँउपालिका–१ का ३३ वर्षीय सुमित भनिने सुमत परियालाई प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा फागुन २१ गते गिरफ्तार गरेको छ ।
आरोपितलाई टेम्केमैयुम गाँउपालिका–६ स्थित घरबाट हतियारसहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरबहादुर सलामी मगरले बताउनुभयो ।
आरोपितको साथबाट बम बनाउन प्रयोग हुने डोटेनेटर दुई थान, थ्रीनट थ्री राइफल तथा कटुवा पेस्तोलमा फिट हुने गोली तीन थान, तार सहितको डेटोरेनेटर दुई थान बरामद गरिएको डिएसपी मगरले बताउनु भयो ।
जिल्ला अदालत भोजपुरको फरार सूचीमा रहेका आरोपितलाई गिरफ्तार गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको डिएसपी मगरको भनाइ छ । गिरफ्तारीमा परेका परियारलाई राज्यविरूद्ध कसुरको मुद्दा चलाईने प्रहरीले जनाएको छ ।
आरोपितमाथि प्रहरीले टेम्केमैयुङ गाँउपालिकाको १ नं. वडा कार्यालयमा ०७६ असार १७ गते तोडफोड र आगजनी गरेको,साउन १५ गते रामप्रसाद राई गाँयपालिका १ डांडाखर्कमा रहेको एनसेलको टावरमा तोडफोड तथा आगजनी गरेको र विभिन्न निर्माण सामग्रीहरू माथि तोडफोड र आगजनी गरेको मुद्दा लागेको प्रहरीले जनाएको छ ।