१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सूर्योदयन नगरपालिका–३ का ३३ वर्षीय सुमन राइलाई फागुन २२ गते पाँच महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश हरिश्चन्द्र इङ्गनामको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँग सात हजार रुपियाँ जरिबाना भराउन आदेश दिएको अदालतका रजिष्ट्रार निरज पोखरेलले बताउनुभयो ।
आरोपितले ०७६ भदौ २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई भदौ २६ गते गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २५ गते गरिएको थियो ।