९ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दमक नगरपालिका–३ का २६ वर्षीय सन्तोष राइलाई फागुन २१ गते आजीवन कैद सजायको फैसला गरेको छ ।
न्यायधीश विश्वनाथ भट्टराईको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको हो ।
आरोपियतले ०७६ कात्तिक ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध कात्तिक १० गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले उजुरी गरेकै दिन गिरफ्तार गरी मङ्सिर २ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको मङ्सिर ३ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा कात्तिक १० गते गरिएको थियो ।