७ वर्षीया तीन जना बालिका र ८ वर्षीया एक जना बालिका गरी चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले जिल्ला सुनसरी रामधुनी नगरपालिका–२ का ७९ वर्षीय खड्गबहादुर कँडेललाई फागुन २० गते नौ महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश सन्तोषप्रसाद पराजुलीको इजलासले कसुर गरेको ठहर गर्दै कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति असुल गर्न आदेश दिएको छ ।
आरोपितले ०७६ जेठ २८ गते चार जना बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जेठ २९ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले उजुरी गरेकै दिन गिरफ्तार गरी असार १० गते जिल्ला अदालतमा यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाएको थियो ।
अदालतको असार १२ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।
पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७६ जेठ २९ गते गरिएको थियो ।