INSEC Online

📅 २०८३ जेष्ठ २१

मानब बेचबिखन गरेको कसुरमा कैद सजायको फैसला

२८ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा जिल्ला अदालतले मोरङ बेलबारी नगरपालिका–९ का ४२ समीर भनिने शान्तबहादुर धिमाल र जिल्ला खोटाङ रूपाकोट मझुवागढी नगरपालिका–१० की ३६ वर्षीया निशा राई फागुन १९ गते कैद सजायको फैसला गरेको छ ।

न्यायधीश नारायणप्रसाद पराजुलीको इजलासले आरोपितद्वयले कसुर गरेको ठहर गर्दै शान्तबहादुरलाई ६ वर्ष कैद सजाय र ३० हजार रुपियाँ जरिबाना र निशालाई ५ वर्ष कैद सजाय र २५ हजार रुपियाँ जरिबानाको फैसला गरेको हो ।

आरोपितद्वयले वैदेशिक रोजगारीका नाममा भोजपुर नगरपालिका–१० का २८ वर्षीया महिलालाई ०७५ चैत ११ गते बेचबिखनका लागि भारत जैलान लागेको अवस्थामा प्रहरीले आरोपितलाई मेचीनगर नगरपालिका काँकडभिट्टाबाट गिरफ्तार गरेको थियो ।

आरोपितद्वय विरूद्ध प्रहरीले ०७६ वैशाख ५ गते मानव बेचबिखन शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

अदालतको वैशाख ९ को आदेशमा आरोपितद्वय पुर्पक्षका लागि थुनामा गएका थिए ।

अन्य

भिडियो