अज्ञात पक्षद्वारा माथागढी गाउँपालिका–१ चिदीपानी र रम्भा गाउँपालिका–४ हुमिनको वडा कार्यालयमा फागुन १८ गते राति तोडफोड गरेको प्रहरीले जनाएको छ ।
चिदीपानीका वडाअध्यक्ष शिव प्रसाद घिमिरेले तोडफोडबाट कार्यालयमा रहेका दराज, टेबुल र स्वकेशमा क्षति पुगेको र कागज पत्रहरू समेत लिएर गएको बताउनु भयो । उहाँले २५ हजार बराबरको क्षति भएको जानकारी बताउनु भयो ।
हुमिनका वडा सचिव मिलन काफ्लेले तोडफोडबाट झण्डै ४० हजार रूपियाँ क्षति भएको बताउनु भयो ।
उक्त दुबै घटना एउटै प्रकृतिको रहेको र एउटै समूहको सङ्लग्नता रहेको प्रहरीले जानएको छ । घटनाबारे अनुसन्धान भइरहेको आर्यभञ्याङ प्रहरी चौकीका असई तारा प्रसाद खनालले बताउनु भयो ।