१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले कास्की जिल्ला पोखरा उपमनपा–१५ घरभई देवदह नपा–११ रेहरा बस्ने ४० वर्षीय लक्ष्मण गिरी विरुद्ध फागुन १७ गते उजुरी दर्ता गरेको छ ।
पीडितले आफुलाई फागुन १६ गते आरोपितले कपडा सुकाई रहेको बेला बलात्कार गरेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडक बहादुर खत्रीले बताउनु भयो । डिएसपी खत्रीले आरोपित फरार रहेकोले खोजी भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १७ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।