INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले कास्की जिल्ला पोखरा उपमनपा१५ घरभई देवदह नपा११ रेहरा बस्ने ४० वर्षीय लक्ष्मण गिरी विरुद्ध फागुन १७ गते उजुरी दर्ता गरेको छ ।

पीडितले आफुलाई फागुन १६ गते आरोपितले कपडा सुकाई रहेको बेला बलात्कार गरेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडक बहादुर खत्रीले बताउनु भयो । डिएसपी खत्रीले आरोपित फरार रहेकोले खोजी भइरहेको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १७ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो