INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याग्दी जिल्ला, रघुगङ्गा गाउँपालिका–३, घर भइ ललितपुर महानगरपालिका–१२, सौगल बस्ने ३५ वर्षीय रामकुमार मल्ललाई ०७६ फागुन १८ गते गिरफ्तार गरेको छ ।

आरोपितले फागुन १७ गते जन्म दिन मनाउन आफ्नै डेरामा बोलाएर बलात्कार गरेको पीडितको आराेप छ  । पीडितको उजुरीका आधारमा आरोपितलाई फागुन १८ गते गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी सन्तोष तामाङले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण फागुन १८ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका चिकित्सक डा.सिताराम श्रेष्ठले बताउनुभयो । आरोपित बिरुद्ध फागुन १९ गते ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रवक्ता दुर्गा सिंहले बताउनुभयो ।

अन्य

भिडियो