INSEC Online

📅 २०८३ जेष्ठ २१

चीनको ताक्लाकोटबाट आएका नेपालीको उपचारमा समस्या

चीनको ताक्लाकोटबाट भागेर हुम्ला आएका सिमकोट गाउँपालिका–३ का २७ वर्षीय धर्माज्ञाल्जन लामालाई कोरोना भाइरस भएको आशंकामा स्थानीयले उपचारमा अवरोध गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

हुम्ला पुगेका लामालाई कोरोना भाइरस लागेको आशंकामा स्थानीयले अवरोध गरेपछि उपचारमा समस्या भएको हो । ०७६ फागुन १७ गते चीनको ताक्लाकोट हुँदै हुम्लाको नाम्खा गाउँपालिका–५ को हिल्साबाट ५ हजार मिटर अग्लो नारालेकको हिउँ छिचोल्दै आएका लामालाई प्रहरीले स्वास्थ्य चौकीमा उपचार गर्न लैजादा स्थानीयले विरोध गरेका थिए ।

नारालेखको हिउँबाट धेरै दुःखगरी हुम्ला पुगेका लामाको खुट्टा र शरीर सुनिएर निलडाम भएपछि उनलाई मुचु स्वास्थ्य चौकीमा उपचार गर्न लैजादा स्थानीयले उपचार गर्न नदिएको आफन्त याङजोर लामाले गुनासो गर्नु भयो ।

हिड्न समेत नसकेका घाइते लामाको उपचार गर्न नदिएपछि उहाँको उपचारमा समस्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरले ताक्लाकोटबाट भागेर आएका नेपालीलाई प्रहरीको निगरानीमा रहेको बताउनु भयो । घर्तीमगरलाई नाम्खा गाउँपालिका–५ मुचुको स्वास्थ्य चौकीमा नपु¥याई बाटोमा विना उपकरण उपचार भइरहेको डिएसपी घर्तीमगरले जानकारी दिनु भयो ।

ताक्लाकोटबाट भागेर आएका लामालाई खोज्न चीनका प्रहरी हिल्सासम्म आएको भएपनि लामालाई नभेटेपछि फिर्ता भएको डिएसपी घर्तीमगरले जनाउनु भयो ।
डिएसपी घर्तीमगरका अनुसार नारालेकको बाक्लो हिमपातमा हिडेर आएका कारण शरीर र अनुहार पुरै हिउँले खाएर निलो भएको बताउनु भएको छ । उहाँलाई वडा नम्बर ५ कै यारी क्षेत्रका प्रहरीले घाइते अवस्थामा भेटाएका थिए । घाइते अवस्थामा भेटिएका लामालाई प्रहरीले ल्याएर मुचु स्वास्थ्य चौकीमा उपचार गर्न खोज्दा कोरोना भाइरसको आशंकामा स्थानीयले विरोध गरे ।

यद्यपि अहिले एक जना स्वास्थ्यकर्मीलाई उपस्थिति गराएर उपचार सुरु गरिएको छ । मास्क, उपकरण र औषधि विना उहाँको उपचार गर्ने काम भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी घर्तीमगरका अनुसार कोरोनाको आशंकाले स्थानीय त्रसित छन् ।

लामाका आफन्तले स्थानीय प्रहरी प्रशासनसमक्ष लामाको उद्धारका लागि गृह मन्त्रालयलाई हेलिकप्टरको व्यवस्था गर्न अनुरोध गर्दा सुनुवाई नभएको आरोप लगाएका छन् । हेलिकप्टरको व्यवस्था गरेर राज्यले क्वारेन्टाइनमा राखेर उपचार गर्न आफन्तले माग गरेका छन् । उहाँलगायत अन्य २५ जना नेपाली गत जेठ असारदेखि ताक्लाकोटमा काम गर्दै आएका थिए ।

 

अन्य

भिडियो