१३ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले बाग्लुङ्ग जिल्ला निसीखोला गाउँपालिका–३ घर भई रूरूक्षेत्र गाउँपालिका–४ बस्ने २३ वर्षीय तिलबहादुर बुढालाई फागुन १४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १३ गते जिल्ला अस्पताल, तम्घासमा गरिएको प्रहरीले जनायो ।