INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका–१० का २४ वर्षीय वासुदेव शर्मालाई फागुन १६ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायधीश सन्तोषप्रसाद पराजुलीको इजलासले कैद सजायसँगै कसुरदारबाट ५० हजार रुपियाँ जरिबाना भराउन आदेश भएको छ ।

आरोपितले ०७६ जेठ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जेठ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई जेठ १६ गते गिरफ्तार असार ४ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
अदालतको असार ५ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण मेची अस्पतालमा जेठ १६ गते गरिएको थियो ।

अन्य

भिडियो