INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको लाठीचार्जबाट नेविसङ्घका नेता, कार्यकर्ता घाइते

प्रहरीको लाठीचार्जबाट नेपाल विद्यार्थी सङ्गठनका नेता, कार्याकता घाइते भएका छन् । ७० करोड कमिसन प्रकरणको छानविन सहित पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई कानुन दायरामा ल्याउन माग गर्दै आन्दोलनमा उत्रिएका नेविसङ्घका नेता कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।

काठमाडौँको प्रदर्शनी मार्गमा फागुन ८ गते भएको आन्दोलनमा प्रहरीको लाठी चार्जबाट नेविसङ्घ अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, युवराज पाण्डे विद्यार्थी नेताहरू सुरज सैजुवाल, हरि आचार्य, दिपक रिमाल, रामजी बस्नेत, सुनिल पन्त, तिलक बटला, रमित खड्कालगायत नेता कार्यकर्ता घाइते भएको नेविसङ्घ त्रिभुवन विश्व विद्यालय समितिका एकाइ सचिव योगेन्द्र रावलले बताउनु भयो । रावलका अनुसा उनीहरूको काठमाडौँ मोडेल अस्पतालमा उपचार भइरहेको छ । महामन्त्री थपलिया गम्भीर घाइते भएको रावलले बताउनु भयो ।

यस्तै फागुन ८ गते अपरान्ह काठमाडौँको त्रिभुवन विमानस्थलको मूलद्वारमा नेविसङ्घ आवद्ध विद्यार्थीहरूले शान्तिपूर्ण रुपमा कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गर्दा प्रहरीको हस्तक्षेपबाट विद्यार्थीहरू रविन्द्र रोकाय, राकेश शिवाकोटी, विपिन बुढाथोकी, विष्णुहरि खड्का, अनिल खनाल, गोपी भण्डारी, विवेक उप्रेती घाइते भएका थिए । शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको काङ्ग्रेसले बताएको छ । घटनाको नेपाली काङ्ग्रेसले घोर निन्दा र भत्सना गर्दै घाइेत विद्यार्थीको उपचार गर्न नेपाली काङ्ग्रेसले माग गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड बढी कमिसन मागेको अडियो बाहिरिएपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

अन्य

भिडियो