INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या प्रयास घटनाका आरोपित पति गिरफ्तार

धरान उपमहानगरपालिका–१७ की ३५ वर्षीया सविना विश्वकर्मालाई जलाएर हत्या गर्न खोजेको आरोपमा प्रहरीले ४६ वर्षीय पति कृष्ण विश्वकर्मालाई फागुन १० गते गिरफ्तार गरेको छ ।

मादक पदार्थ सेवन गरेका आरोपितले पत्नीलाई फागुन ९ गते घरभित्र थुनि ढोका लगाएर कपडामा आगो सल्काइ हत्या प्रयास गरेको आरोपमा गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

आरोपितले पत्नीलाई घरभित्र थुनि आगो सल्काइ हत्याको प्रयास गरेपछि पीडितले हारगुहार गर्दा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

पीडितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा) मा फागुन १० गते उपचार भएको छ ।

अन्य

भिडियो