१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित चामुण्डाबिन्द्रासैनी नपा–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई प्रहरीले फागुन ७ गते घरबाट गिरफ्तार गरेको छ ।
महिनावारी भएको बेला सुत्ने गरेको बाख्राको खोर माथि बनाइएको छाउगोठमा एक्लै सुतिरहेको बेला फागुन ६ गते राति ती बालिकालाई आरोपितले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटना सम्बन्धमा पीडित पक्षले दिएको उजुरीको आधारमा गिरफ्तार गरिएको प्रहरी चौकी पानीपोखरीका प्रहरी हवल्दार पदमबहादुर नेपालीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ७ गते दैलेख जिल्ला अस्पतालमा भयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।