आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय बुवालाई फागुन ४ गते तिलोत्तमाबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई घरमा आमा नभएको बेला ०७६ साउन २३ बलात्कार गरेको भन्दै पीडितकी आमाले बालिकाकी आमाले साउन २३ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको थियो ।
घटना पश्चात फरार रहेका आरोपितलाई परालको टौवामा लुकिरहेको अवस्थामा गिरफ्तार गरेको डिएसपी भीमलाल भट्टराईले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनायो ।