नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका राप्ती व्युरो सदस्य प्यूठान नपा–३ का ५५ वर्षीय रत्नबहादुर थापालाई प्रहरीले फागुन ४ गते पुनः गिरफ्तार गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले कात्तिक १९ गते २० हजार रूपिँया धरौटीमा रिहा गर्ने आदेश दिएका वली धरौटी रकम नबुझाएर जिल्ला कारागारमा थुनामा रहेका थिए । फागुन ४ गते धरौटी रकम बुझाएर रिहा भएका वलीलाई प्रहरीले पुनः गिरफ्तार गरेको हो ।
गिरफ्तार भएका वलीलाई अर्घाखाँची पठाइएको प्रहरीले जनायो । प्रहरीले ०७६ असोज २९ गते घरबाट गिरफ्तार गरेको थियो ।