९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिद्धलेक गाउँपालिका–५ का १७ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय धादिङले ०७६ फागुन २ गते गिरफ्तार गरेको छ ।
आमा बुबा काममा गएको मौका पारेर माघ २९ गते यौन दुर्व्यवहार गरेकोले भन्दै फागुन १ गते पीडितकी आमाले उजुरी दिएको डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परिक्षण फागुन १ गते जिल्ला अस्पताल धादिङमा गरिएको छ । आरोपितलाई न्यायिक हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।