२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनिल स्मृति गाउँपालिका–१ घोडागाउका ३६ वर्षीय करन केसी विरूद्ध फागुन १ गते इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी दर्ता गराएका छन् ।
महिलालाई ०७६ भदौ १४ गते बलत्कार गरेको र घटनाका बारेमा कसैलाई बताए मार्ने धम्की दिएकोले ढिलो उजुरी दिएको पीडित पक्षले बताए ।
बलात्कारबाट पाँच महिनाको गर्भ रहेकोले आफन्तको सहयोगमा पीडित पक्षले उजरी दिएको प्रहरीले जनायो । इलाका प्रहरी कार्यालय सुलिचौरका अनुसार आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको छ ।
पीडितको स्वास्थ्य परीक्षण माघ २९ गते जिल्ला अस्पताल, रेउघामा गरिएको प्रहरीले जनायो ।