त्रिवेणी गाउँपालिका–१ तल्लोे काभ्राकी १७ वर्षीया कविता बोहरालाई फागुन २ गते राति अज्ञात व्यक्तिद्वारा धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
आफ्नै घरको छेउमा हत्या भएको अवस्थामा परिवारले राति फेला पारेको प्रहरीले जनाएको हो ।
उनलाई कसैले घरबाहिर बोलाएर हत्या गरेको हुनसक्ने र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
घटनाको छानविन गरी दोषीलाई कारबाहीको मागगर्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, सल्यानमा फागुन ४ गते उजुरी दिएका छन् ।
शवको पोष्टमार्टम फागुन ४ गते जिल्ला अस्पताल, सल्यानमा भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न व्यक्तिको हालसम्म पहिचान हुन सकेको छैन ।